राष्ट्रपति निर्वाचनबारे चिनियाँ चासो, राजदूतले भेटे प्रधानमन्त्रीलाई
काठमाडौं, फागुन १० । राष्ट्रपति चयनका लागि निर्वाचनको मिति नजिकिएसँगै चिनियाँ चासो पनि बढेको छ । अमेरिका तथा भारतले नेपालको राष्ट्रपति को हुने भन्नेबारे नजर राखिरहेका बेला चिनियाँ चासो पनि बढेको हो ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका नेपालका लागि चिनियाँ राजदूत छन् सोङ बिहानै बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेटवार्ताका लागि उनी बालुवाटार पुगेका हुन् । भेटमा राजदूत सोङले प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेको स्रोतले बताएको छ ।
सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्ने बारेमा जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने बताएका थिए । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।















प्रतिक्रिया दिनुहोस्