प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, फागुन १० । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्न लागेका हुन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्