नेपाललाई पाँचौ सफलता, सन्दीपले लिए चौथो विकेट
काठमाडौं, फागुन ९ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज नेपालले अहिले स्कटल्याण्डविरुद्ध बलिङ गरिरहेको छ ।
यसैक्रममा नेपालले पाँचौं विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले पाँचौं विकेट लिएका हुन् ।
सन्दीपले २२औं ओभरमा १ रन बनाएर खेलिरहेका स्कटल्याण्डका टोमस म्याकिनतोशलाई आउट गरेका हुन् ।
अहिलेसम्म सन्दीपले चार विकेट लिएका छन् भने कुशल मल्लले एक विकेट लिएका छन् ।
यो समाचार तयार गरुन्जेल स्कटल्याण्डले २२ ओभरमा ५ विकेट गुमाउदै १२० रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्