स्याङ्जामा ट्याक्टर पल्टियो, चालक र सहचालक दुवैको मृत्यु

काठमाडौं, फागुन ८ ।  स्याङ्जाको जगतभञ्ज्याङमा ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु भएको छ ।

ढुङ्गा लिएर मिर्दितर्फ जाँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर दुर्घटनामा दुईजना घाइते भएका थिए ।

चालक धुर्कोटका ३२ वर्षीय नवीन सुनार र सहचालक मिर्दिका १४ वर्षीय सोविन बिकको मृत्यु भएको हो ।

चालकको वालिङमा नै मृत्यु भएको र उपचारका लागि पोखरा ल्याइएकोमा सहचालक सोविनाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्