पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन
काठमाडौं, फागुन ८ । मानव अधिकारकर्मी वामपन्थी बुद्धिजिवी तथा पूर्वस्वास्थ्य मन्त्री मथुराप्रसाद श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको आज बिहान सवा पाँच बजे माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा निधन भएको हो ।श्रेष्ठ लामो समयदेखि दम र छातीको संक्रमणले पीडित थिए ।
विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका एक छोरी र ६ छोरा छन् ।
उनको अन्तिम दाहसंस्कार मंगलबार बिहान पशुपति आर्यघाटमा हुने तय भएको छ ।
विदेशमा रहेका छोराछोरीको आग्रहमा उनको पार्थिव शरीर आज शिक्षण अस्पतालको शवगृहमा राखिने व्यवस्था गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्