एमालेको उम्मेदवार नै राष्ट्रपति, १३ गते नाम लिन्छु : अध्यक्ष ओली

काठमाडौं, फागुन ७ ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दावी गरेका छन्। एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने उनको भनाइ छ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन्। उनले भने, ‘एमालेको उम्मेदवारमा सवैको सहमति जुट्छ।’ एमालेले फागुन १३ गते उम्मेदबार फाइनल गर्ने उनले बताए। अध्यक्ष ओलीले भने, ‘मैले अहिले सम्म कसैको नाम लिएको छैन १३ गते नाम लिन्छु, १३ गते नै मनोनयन हुन्छ।’

अहिले राजनीतिक समीकरण जन्मदै एमालेले राष्ट्रपतिको उम्मेदवार दिने तय भएको उनले बताए। उनले भने, ‘राष्ट्रपति एमालेको हुने पजन्मकुन्डलमी मै छ।’ सत्तासाझेदार माओवादीले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई मत नदिने भन्ने संभावना नै नरहेको उनको दाबी छ।

एमाले अध्यक्ष ओलीले भने, ‘यो सहमति सम्झेर, बुझेर गरिएको हो।’ माओवादीका नेताहरुले राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई मत नदिने भन्दै बोल्दै हिँडिरहेका छन् नी भन्ने प्रश्नमा उनले भने,‘ सहमति अध्यक्षसँग भएको हो, कार्यकर्तासँगै हैन।’

प्रतिक्रिया दिनुहोस्