२–४ जना मान्छे देखेर ज्ञानेन्द्र शाह जोस्सिए, आफैं अलमलमा छन् : केपी ओली

काठमाडौं, फागुन ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह २र४ जना मान्छे वरिपरि देखेपछि जोस्सिएको टिप्पणी गरेका छन्।

आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा शाह आफैं अलमलमा रहेको बताए।

एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेका थिए।

सो बारेमा आलोचना बढेको भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ‘पानीले आफ्नो लेभल आफैं मिलाउने’ भन्दै घुमाउरो जवाफ दिए।

उनले पूर्वराजा ज्ञानेन्द्र आफैं राजनीतिमा हिँडिरहेको भन्दै धेरै कुरा गर्न आवश्यक नभएको पनि टिप्पणी गरे।अहिलेको सत्ता गठबन्धन आफूहरुले सोचेर बनाएको भन्दै सोचेरै अघि बढ्ने पनि ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्