महामन्त्री शर्माको दाबी- ‘कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्छ’
काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन्। आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन्।
उनका अनुसार कांग्रेस सत्ता बाहिर भएपनि राष्ट्रपति भने आफ्नै पार्टीको उम्मेदवार हुने ठोकुवा गरे। महामन्त्रब िशर्माले पार्टीकै कमजोरीको कारण सत्ताबाट बाहिरिएको स्वीकार गर्दै अब राष्ट्रपति भने कांग्रेसकै पोल्टा जाने विश्वास व्यक्त गरे।
नयाँ राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदै छ। उनी एमालेबाट राष्ट्रपति बनेकी हुन्। राष्ट्रपतिमा अहिले पनि एमालेले दाबी गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सत्ताको लागि सहमति गर्दा राष्ट्रपति एमालेको भागमा परेको थियो।
तर अहिले एमाले र प्रधानमन्त्रीबीच यसबारे असमझदारी आइरहको छ। प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने बताएपछि सत्तारुढ दलहरुमा विशेष गरी एमाले र माओवादीबीच किचलो सुरु भएको हो। नेपाली कांग्रेसले यसकोे फाइदा उठाउँदै राष्ट्रपतिमा आफ्नो दाबी गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्