प्रचण्ड-ओलीको भेटवार्ता सकियो, प्रचण्डले भने : हामी एकै ठाउँमा छौं,  एकदुई दिनमा निष्कर्ष आउँछ

काठमाडौँ, फागुन ५-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवासमा पुगेका थिए ।

भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताए ।

प्रचण्डले पुस १० मा बनेको सत्ता गठबन्धनमै रहेर आफूहरु अघि बढिरहेको बताएका छन्। उनले नयाँ राष्ट्रपतिबारे कुरो मिल्ने पनि संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्