बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपतिको विषयमा सहमति जुटाउने प्रयास

काठमाडौं, फागुन ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रपतिका विषयमा सहमति जुटाउन बालकोट पुगेका हुन्।

बालकोटमा जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ। एमाले अध्यक्ष ओलीले पुस १० को सहमति अनुसार आफ्नो पार्टीले उठाएकै व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने अडान लिइरहेका छन्।

तर यता प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमति जुटाएर साझा उम्मेदवार बनाउनुपर्ने तर्क गरिरहेका छन् । प्रधानमन्त्री र ओलीबीच यही विषयमा कुरा मिलिरहेको छैन। जसकारण दुबैबीच पटक पटक भेटवार्ता भइरहेको छ।

बिहीबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच २ घण्टा बालुवाटारमा छलफल भएपनि आफ्ना अडान कायमै रहेपछि कुनै सहमति हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्