नेता सिंहको दाबी- भावी राष्ट्रपति कांग्रेसबाटै बन्छ
काठमाडौं, फागुन ५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्।
शुक्रबार नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन्। उनले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक रहेको बताए।
राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहको दाबीलाई अर्थपूर्ण ठानिएको छ। उनले कांग्रेसबाट को राष्ट्रपतिको उम्मेदवार बन्ने भन्नेबारेमा भने केही बोलेनन्।
यता पुस १० को सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबा गरिरहेको छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ।
नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताए। उनले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए।
कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको सिंहको भनाइ थियो।
उनले संघिय संसदले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउनुपर्ने पनि बताए।















प्रतिक्रिया दिनुहोस्