बालुवाटार पुगेर जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं , फागुन ५ । राष्ट्रिय जनमोेर्चा पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरू पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

गणतन्त्र, संघीयता, राष्ट्रियता र जनजीविकाका विभिन्न विषय समेटेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन राष्ट्रिय जनमोर्चाले ज्ञापन पत्र बुझाएको हो ।

अध्यक्ष केसीसहित उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्