नुवाकोटमा बस दुर्घटना : दुईको मृत्यु, २० जना घाइते

काठमाडौं, फागुन ४ ।  नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बट्टारबाट तारकेश्वर गाउँपालिका– १ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहीबार अपरान्ह विदुर नगरपालिका– १२ चैनपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको र २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । मृतकको परिचय अहिलेसम्म खुलेको छैन ।

घाइतेहरुको घटनास्थलबाट उद्धार गरी त्रिशूली अस्पतालमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ । सडकदेखि खसेको बस करिव ५० मिटर तल पुगेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्