गोंगबुमा तोडफोड र लुटपाटमा संलग्न थप १५ जना पक्राउ, धेरैजसो चालक र सहचालक

काठमाडौं, फागुन ४ ।  यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

यसअघि ४ जनालाई पक्राउ गरिएको थियो। योसँगै लुटपाटमा संलग्न पक्राउ पर्नेको संख्या १९ पुगेको छ।

यसअघि बुधबार काठमाडौं प्रहरी परिसरले लुटपाटमा संलग्न ४ जना र प्रहरीको गाडी आगजनीमा संलग्न ६ जना गरी १० जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो।

बाँकी १५ जनालाई उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। अनुसन्धान कार्यालयले पक्राउ गरेका १५ जना ल्होत्से मलमा तोडफोड र लुटपाटमा संलग्न रहेका मुख्य व्यक्ति हुन्। उनीहरुलाई भिडिओका आधारमा पहिचान गरेर पक्राउ गरेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए।

बुधबार विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि बालाजु वृत्त र महाराजगन्ज वृत्तमा पठाइएको छ।

यातायात मजदुर नै लुटपाटमा

पक्राउ पर्नेमा काभ्रेको पाँचखालका १९ वर्षीय सुरज मगर, नुवाकोटको सूर्यगढ ४ का १९ वर्षीय केशर राई, सिन्धुलीको सिन्धुली गढी ६ का १८ वर्षीय इन्द्र तामाङ रहेका छन्। उनीहरु तिनै जना सहचालक हुन्।

प्रतिक्रिया दिनुहोस्