सांसद चन्द्र भण्डारीकी आमाको उपचारको क्रममा निधन
काठमाडौं, फागुन ४ । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
अस्पतालकी मेडिकल डाइरेक्टर डा.निजिमा ताम्राकारका अनुसार १० बजेर ५८ मिनेटमा आमा हरिकलाको निधन भएको हो। सिलिन्डर ग्यास विस्फोट भएपछि गएराति उनीहरुलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।
सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गएराति घाइते भएका थिए।
आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्