सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझ्न देउवा र सभामुख घिमिरे पुगे कीर्तिपुर अस्पताल
काठमाडौं, फागुन ४ । सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।
बिहीबार बिहान ग्याँस सिलिण्डर विस्फोटबाट आगोले जलेर घाइते भएका सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई भेट्न सभापति देउवा र सभामुख घिमिरे कीर्तिपुरको बर्न अस्पतालमा पुगेका हुन्।
उनीहरुलाई थप उपचारका लागि भारत लगिँदैछ।














प्रतिक्रिया दिनुहोस्