प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति चयनका विषयमा गठबन्धनमा विवाद कायम रहेको बेला दुई शीर्ष नेताबीच फेरी छलफल भएको हो । साथै सरकारलाई पूर्णता दिने र वर्तमान राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताएको छ ।

विशेष गरि एमालेले पूर्वसहमति अनुसार राष्ट्रपतिमा गठबन्धनबाट आफ्नो उम्मेदवार हुनेपर्ने अडान राख्दै आएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिको चयन राष्ट्रिय सहमति हुनुपर्ने अडान कायमै राखेको छ ।

यता राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ। १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा माओवादी केन्द्रलाई गठबन्धनबाट बाहिर जान नदिन एमाले अध्यक्ष ओली निरन्तर कसरतमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्