नेपाल एपीएफ स्कुल, मोर्डन ईन्डिएन स्कुल, ल्यब्रेटोरी स्कुल र ब्लुम नेपाल स्कुल विजयी
काठमाडौं, फागुन ३ । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गतआठौ दिन सम्पन्न खेलहरुमा नेपाल एपीएफ स्कुल, मोर्डन ईन्डिएन स्कुल, ल्यब्रेटोरी स्कुल र ब्लुम नेपाल स्कुल विजयी भएका छन् ।
आयोजक विद्यालय नेपाल एपीएफ स्कुलले राराहिल मेमोरियल स्कुललाई ७-0 को फराकिलो गोल अन्तरले पराजित गर्यो । नेपाल एपीएफ स्कुलको तर्फबाट विकास बोहोरा-3, रोहित गोले-2, टेन्जिङ्ग शेर्पा र डम्बर वि.क.ले 1-1 गोल गरेका थिए ल्यब्रेटोरी स्कुलले सैनिक आवासिय महाविद्यालयलाई 3-1 गोल अन्तरले पराजित गर्यो ।
ल्यब्रेटोरी स्कुलको तर्फबाट निशान बुढाथोकिले ह्याट्रिक गर्दा सैनिक आवासिय महाविद्यालयको तर्फबाट रोहित श्रेष्ठले 1 गोल गरेका थिए । मोर्डन ईन्डियन स्कुलले पुष्पाञ्जली स्कुललाई 4-3 गोल अन्तरले पराजित गर्यो ।
मोर्डन ईन्डियन स्कुलको तर्फबाट विज्ञान मगर, दिपेन्द्र भुषाल, जेनिस दवाडि र हर्षित डंगोलले 1-1 गोल गरेका थिए भने पुष्पाञ्जलीको तर्फबाट सविन कार्कीको ह्याट्रिक रहेको थियो ।
त्यसैगरी आज भएको अन्तिम खेलमा ब्लुम नेपाल स्कुलले क्रियटिभ एकेडेमीलाई 3-0 गोल अन्तरले पराजित गर्यो । ब्लुम नेपालको तर्फबाट राजकुमार रावल-2 र सविन बुढाले 1 गोल गरेका थिए ।
त्यसैगरी भोली 4 गते हुने लिग चरणका खेलहरु निम्न अनुसार रहेका छन् ।
१. डि.ए.भि स्कुल जावलाखेलविरुद्ध नाईटिङ्गल ईन्टरनेशनल स्कुल, ललितपुर ।
२. लिटल एन्जल्स स्कुल, ललितपुर विरुद्ध नेक्सस ईन्टरनेशनल एकेडेमी, ललितपुर।
३. हारति शिक्षा मन्दिर स्वयम्भुर विरुद्ध ग्रिन भिलेज सेकेण्डरी, कीर्तिपुर ।
प्रतिक्रिया दिनुहोस्