कांग्रेस सांसद भण्डारीको प्रश्न : धनी र गरिबले पाउने शिक्षा फरक-फरक हुने कहिलेसम्म ?
काठमाडौँ , फागुन ३ । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै शिक्षा नीतिमा समस्या रहेको औंल्याएका छन् ।
उनले सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिकको सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी रहेको बताए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षा नीतिमा सुधार गरेर व्यवहारिक र रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।
सांसद भण्डारीले देशको अब्बलकोरुपमा चिनिएको बुढानिलकण्ठ स्कुललाई देशभरि विस्तार गर्न किन नसकिएको भन्दै प्रश्न गरे ।
उनले स्वास्थ्य क्षेत्रमा पनि उस्तै समस्या रहेको बताए । उनले अहिले एउटा सांसदले पनि आफ्नो सबै सम्पत्ति बेचेर पनि उपचार पाउने अवस्था नरहेको बताए ।
उनले शिक्षा र स्वास्थ्यसँगै नागरिक सरोकारका सबै क्षेत्रमा माफिया र बिचौलियाहरूको बिगबिगी रहेको बताए ।















प्रतिक्रिया दिनुहोस्