यो देशमा सरकार छ कि छैन ? प्रहरी प्रशासन कै अगाडी लुटपाट !

काठमाडौं, फागुन ३ ।  सत्तारुढ दल राष्ट्रिय प्रजान्तन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले देशमा सरकार भएको आभास नभएको बताएका छन् । प्रतिनिधि सभा संसदमा बुभबार धारणा राख्दै उनले यस्तो बताएका छन् ।

‘यो देशमा सरकार छ या छैन ?,’ उनले भने, ‘यदी सरकार छ भने प्रधानमन्त्री निवासभन्दा जम्मा ३ किलोमिटर अगाडि दिनदहाडै लुटपाट हुन्छ । प्रहरी निकम्मा भएर हेरिरहेको छ । करोडौँ लगानी गरेका व्यववसायी किन डुब्दै छन् । यदी सरकार छ भने हामीले मजदुरका लागि किन ऐन बनाउँदैनौँ । यदी सरकार छ भने यो देशमा गृहमन्त्रालयको संन्यत्र छ तर गृहमन्त्री किन खाली ? प्रधानमन्त्रीले नै सबै मन्त्रालय लिने हो भने अन्य मन्त्रालय किन चाहियो ?’

यता गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुले संसदबाटै दबाब दिएका छन् ।

काठमाडौंको नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यावसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर सांसदहरुले मुलुकमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै गृहमन्त्री नियुक्तिको माग राखेका हुन् ।

सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा उक्त घटना भएको भन्दै सांसदहरुले गृहमन्त्री नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका हुन् ।

नेपाली कांग्रेसका सांसद प्रकाशशरण महत, रास्वपाका सांसद शिशिर खनाललगायतले पनि काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्