गृह मन्त्रालयद्वारा मोबाइल पसल लुटपाट गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौं, फागुन २ ।  गृह मन्त्रालयले मोबाइल पसल लुटपाट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

सोमबार यातायात मजदुरको आन्दोलनमा मोबाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको हो ।

आन्दोलनकारीको एक समूहले गोङ्गबुस्थित ल्होत्से मलमा सञ्चालित मोबाइल मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएको बताइएको छ ।

यातायात मजदुरको आन्दोलनको क्रममा सोमबार साँझ त्यहाँ प्रहरीका २ वटा गाडीमा आगजनी भएको थियो । त्यस्तै, नयाँ बसपार्कको ल्होत्से मलमा तोडफोड हुँदा मोबाइल पसलमा करोडौँको क्षति पुगेको व्यवसायीले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्