८ देखि १० करोडसम्मको मोवाइलहरु लुटिएको व्यवसायीको दाबी

काठमाडौं , फागुन २ । यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ ।

आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ ।लुटपाटमा संलग्नहरुलाई कारवाही गर्न मोवाइल व्यवसायीले माग गरेका छन् ।

ब्यवसायीहरुले ८ देखि १० करोडसम्मको मोवाइलहरु लुटिएको बताएका हुन् । यातायात मजदुरहरुको प्रदर्शनका क्रममा सोमबार ल्होत्से मलमा रहेका मोवाइल पसलहरुमा लुटपाट भएको थियो । ब्यवसायीहरुले लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा मोबाइल पसलमा लुटपाट भएको थियो ।

नेपाल मोबाइल व्यवसायी संघले आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको दाबी गरेको छ ।घटनाबारे जानकारी दिन मोवाइल व्यवसायीहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरिने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्