नेपाललाई तेस्रो सफलता, कुशल मल्लले लिए विकेट

काठमाडौं, फागुन १ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत नामिबियाविरुद्ध नेपालले तीन विकेट लिएको छ।

तेस्रो विकेट कुशल मल्लले लिएका हुन्। उनले नामिबियाका कप्तान गेर्हाड इरामसलाई आउट गरेका हुन्। इरामसले ७९ बलमा ५६ रन बनाए। पहिलो विकेट सोम्पाल कामी र दोस्रो विकेट सन्दीप लामिछानेले लिए।

प्रतिक्रिया दिनुहोस्