देउवासँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता
काठमाडौँ , फागुन १ । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।
नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका विदेश सचिव क्वात्रा धुम्बाराही पुगेर सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ ।
विदेश सचिव क्वात्राले यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
सोमबार नै परराष्ट्र सचिवस्तरीय बैठकमा समेत उनी सहभागी थिए । उनी आफ्नो दुई दिने भ्रमणका क्रममा आजै काठमाडौँ आएका हुन् ।















प्रतिक्रिया दिनुहोस्