ट्राफिक नियमविरुद्ध बालाजुमा यातायात मजदुर आन्दोलित, प्रहरीको गाडी समेत तोडफोड
काठमाडौं, फागुन १ । ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै यातायात व्यवसायीले सडक अवरुद्ध गरेका छन्।
ट्राफिक नियमविरुद्ध आन्दोलित बनेका यातायात मजदुरले माछा पोखरी बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन्। उनीहरू सडकमा सवारी साधन सडकमा तेर्साए बालाजु चोकमा सडक अवरुद्ध गरेका हुन्। आन्दोलित मजदुरहरूले प्रहरीको गाडी समेत तोडफोड गरेका छन्।
पाँच पटक सम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियम विरुद्ध यातायात व्यवसायीले सडक अवरुद्ध गरेका हुन्।
बीच सडकमै सवारी साधन राखेर मजदुरहरूले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन ठप्प भएको छ।
काठमाडौं उपत्यका प्रहरी प्रवक्ता सानु भट्टराईका अनुसार यातायात व्यवसायीहरूले पार्किङ जुन सुकै ठाउँमा गर्न पाउनु पर्ने भन्दै आन्दोलन गरेका हुन्। ट्राफिक नियमको विरुद्ध आन्दोलन गरिएको उनको भनाइ छ।
ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरिएको र अहिले खुलाउने प्रयास जारी रहेको वृत्तका प्रहरी सहायक निरीक्षक गंगाप्रसाद पोख्रेलले बताए ।
प्रतिक्रिया दिनुहोस्