राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं, फागुन १ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा आज (सोमबार) आएका विदेश सचिव क्वात्रा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुगेका थिए ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त अवसरमा सचिव क्वात्राले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुको तर्फबाट शुभकामना सन्देश पनि सुनाएका थिए ।त्यसअघि विदेशसचिव क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई भेटेका थिए ।

सोमबार नै परराष्ट्र सचिवस्तरीय बैठकमा समेत उनी सहभागी थिए । नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याललगायतका अधिकारी बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्