जनयुद्ध दिवसको बिदा गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान : उपराष्ट्रपति

काठमाडौं, फागुन १ ।  उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको अवसरमा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएको योगदानको सम्मान गरेको बताएका छन् ।

आज (सोमबार) जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको प्रष्ट्याए । ‘आज केन्द्र सरकारले दिएको बिदाले नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएको उच्चतम योगदानको सम्मान गरेको छ । गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान गरेको छ,’ उपराष्ट्रपति पुनले भने ।

बिदालाई लिएर पूर्वाग्रह राख्नेहरुले जेसुकै भने पनि संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेस, बागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको उल्लेख गरे । संविधानलाई परिष्कृत, परिमार्जन तथा संशोधन गरेर समृद्ध बनाउन र पूर्ण कार्यान्वयन गर्न अझै धेरै मेहनत गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्