सार्बजनिक बिदाको नाममा अराजकता भयो- गगन थापा
काठमाडौं, फागुन १ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सार्बजनिक बिदाको नाममा अराजकता भएको टिप्पणी गरेका छन् ।
महामन्त्री थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै राजनीतिक तजबिजमा सार्बजनिक बिदा दिने क्रम सीमाहीन भएको बताएका छन् ।
उनले भनेका छन्- कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ताको जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि । झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन् । यो नितान्त कार्यकारीको स्वछाचारी मनोविज्ञानको उपज हो । सार्बजनिक बिदाको नाममा यो अराजकता अति भयो ।’
महामन्त्री थापाले सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाउन आग्रह गरेका छन् ।
साथै उनले सांसदहरू कानुन निर्माणको अग्रसरता लिन आग्रह गर्दै यसका लागि नेपाली काँग्रेसले पहलकदमी लिने बताएका छन् ।














प्रतिक्रिया दिनुहोस्