मिनेन्द्र रिजालको प्रश्न- ‘जनयुद्ध दिवस’ को बिदा बारे कांग्रेसको धारणा कहिले आउछ ?

काठमाडौं, फागुन १ ।  नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले दिएको ‘जनयुद्ध दिवस’ बारे कांग्रेसको धारणा कहिले आउछ भन्दै पार्टीका महामन्त्रीद्वय र प्रवक्तालाई प्रश्न गरेका छन् ।

सरकारले आज दिएको ‘जनयुद्ध दिवस’ को विषयमा प्रश्न गर्दै डा. रिजालले कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि ? भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता डा. प्रकाशशरण महतलाई प्रश्न सोधेका हुन् ।

उनले भनेका छन्- एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्म विपरित घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’ बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि ? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू ।

प्रतिक्रिया दिनुहोस्