पूर्वमाओवादीका सबै नेतालाई एकतामा आउन प्रचण्डको अपिल

काठमाडौं, फागुन १ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीका सबै नेतालाई एकतामा आउन अपिल गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले प्रक्रिया अघि बढेको बताउँदै एकतामा आउन आग्रह गरेका हुन् ।

‘विभिन्न धाराका समूहहरुलाई एकतावद्ध भएर सामाजिक न्यायमा अघि बढ्न अपील गर्न चाहन्छु,’ उनले भने ।

उनले कम्युनिष्ट र समाजवादी आन्दोलनका मोर्चासँग पनि समाजवादी मोर्चा बनाएर जाने विषयमा कुराकानी भइरहेको बताए । यसबारे सैद्धान्तिक सहमतिसमेत बनेको प्रचण्डको भनाइ थियो । ‘समाजवादी मोर्चा विकल्पको रूपमा आउनेछ,’ उनले भने ।

उनले ‘जनयुद्ध दिवस’मा ढिलै भए पनि सरकारले बिदा दिएको र यो शहीदप्रति सम्मान र परिवर्तनका लागि संकल्प भएको तर्क गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्