भोलि देशभरि सार्वजनिक बिदा
काठमाडौं, माघ २९ । सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक विदा दिएको छ।
माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि विदा दिने निर्णय गरेका थिए।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) जनयुद्ध सुरू गरेको हो।
प्रतिक्रिया दिनुहोस्