चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं, माघ २९ ।  चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै वैशाखमा १० मा उपनिर्वाचन हुने जनाएको छ ।

गएको मंसिर ४ गते भएको निर्वाचनमा त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए ।

यही माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशपछि उनको सांसद पद खारेज भएको थियो ।

रिक्त स्थानमा उपनिर्वाचन गर्ने तयारीमा आयोग जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्