लघुवित्तको चर्को व्याजले आत्महत्याका घटना बढायो, सरकार गम्भीर बन्नु पर्यो : चन्द्र भण्डारी
काठमाडौं, माघ २९ । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीले लघुवित्त वित्तीय संस्थामा देखिएको बेथिति हल गर्न सरकार गम्भीर हुनुपर्ने औंल्याएका छन् ।
आज (आइतबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै सांसद् भण्डारीले लघुवित्त वित्तीय संस्थाको चर्को व्याजले आत्महत्या बढाएको भन्दै सरकारले यसबारेमा अनुसन्धान गर्नुपर्ने बताए ।
भण्डारीले भने, ‘लघुवित्तको चर्को व्याजका कारण ४० जनाले आत्महत्या गरेका छन् । त्यसमा पनि महिला धेरै छन् । नेपालमा यति धेरै महिला आत्महत्या गर्दा पनि यसबारे हामी मौन छौं । सरकारले यसबारेमा अनुसन्धान गर्नुपर्यो । सबै ठग भए ।’















प्रतिक्रिया दिनुहोस्