चिकित्सकहरुको आन्दोलन स्थगित, सरकारसँग भयो ६ बुँदे सहमति
काठमाडौं , माघ २९ । चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग ६ बुँदे सहमति भएपछि उनीहरु बन्द अस्पताल खोलेर काममा फर्कन सहमत भएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सरकारी टोली र संघबीच भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्ने बारेमा सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा। गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की नेतृत्वको टोली सहभागी थिए।
शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिक बाहेक अस्पतालको सेवा सबै ठप्प पारेको हो । पूर्व सूचना नहुँदा नियमित चेकजाँचको लागि अस्पताल आएकाहरु बिरामी अलपत्र परेका छन्।
प्रतिक्रिया दिनुहोस्