चिकित्सकको आन्दोलनले मर्कामा बिरामी

काठमाडौं, माघ २९ ।  नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् ।

सेवा बन्द हुँदा काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका/लगिएका बिरामीहरू मर्कामा परेका हुन् ।

ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ ।

जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन ।

प्रतिक्रिया दिनुहोस्