हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ– ओली
काठमाडौं, माघ २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै व्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।
संघीय संसदको दुवै सदनलाई राष्ट्रपतिले विद्यादेवी भण्डारीले सम्बोधन गरेपछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले राष्ट्रपति आफुहरुले भनेकै व्यक्ति हुने बताएका हुन् ।
उनले सञ्चारकर्मीको प्रश्नमा भने, हामीले जो भन्छौं, उही हुन्छ । हामीले भनेकै व्यक्ति राष्ट्रपति हुन्छ । ’















प्रतिक्रिया दिनुहोस्