यस्तो छ संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठ)
काठमाडौं, माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताएकी छन्।
शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक स्थायित्व कायम भएको बताउँदै अब देशको विकास, समृद्धि र जनताको खुसीका लागि काम गर्नुपर्नेमा जोड दिएकी छन्।
देशको राजनीतिले गति र लय समातिसकेको भन्दै उनले देशेको विकास र समृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिइन्।
संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको क्रममा देशको राजनीतिले स्थायित्व पाएको बताउँदै राष्ट्रपति भण्डारीले संघीय लोकतन्त्रको आधारमा स्तम्भ संस्थागत भएका बताइन्।
स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकास गर्ने राज्यका सबै अंगहरु परिचालित हुनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल रहेकोप्रति चिन्ता व्यक्त गरिन्।















प्रतिक्रिया दिनुहोस्