संसद्मा राष्ट्रपतिको बिदाइ सम्बोधन, शनिबार सांसदलाई भोज
काठमाडौं, माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी छन्।
सदनमा राष्ट्रपति भण्डारीको यो बिदाइ सम्बोधन पनि हो। दुई कार्यकाल राष्ट्रपति भइसकेकी भण्डारी फेरि उम्मेदवार हुन पाउनेछैनन्। संविधानमा एकै व्यक्ति तेस्रोपटक राष्ट्रपति हुन पाउने व्यवस्था छैन।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मिति तोकिसकेको छ। २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ।
यता राष्ट्रपति भण्डारीले भोलि शनिबार अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गरेकी छन्।
सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन वृद्धिमा काम गर्नुपर्ने बताइन् ।
उत्पादनसँगै बजार व्यवस्थापन, लागत मूल्य किसानले पाउनुपर्ने उनको भनाइ छ । युवालाई देशभित्र कृषि क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रविधिमा आधारित कृषि क्षेत्रको विकासमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस्