राष्ट्रपति निर्वाचनले राजनीतिमा थप कम्पन ल्याउन सक्छ : डा. भट्टराई
काठमाडौं, माघ २७ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति निर्वाचनले नेपाली राजनीतिमा थप कम्पन सिर्जना गर्न सक्ने औंल्याएका छन् । उनले भू–राजनीति थप तात्दै गएको पनि उनले बताएका छन् ।
आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम प्रदेश सरकार पतनका घटनाले देश अर्को अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गरेको उनले बताएका छन् ।
‘राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ’, डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अर्थतन्त्रका गम्भीर संकट छँदै छन् । भू–राजनीति अरू तात्दैछ । अब पनि द्वन्द्व कि सहमतिको बाटो ?’















प्रतिक्रिया दिनुहोस्