उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, राष्ट्रपति उम्मेदवार बारे छलफल हुने
काठमाडौँ , माघ २६ । आज सत्तारुढ दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यद्यपी समय भने तोकि नसकिएको बताइएको छ ।
आजको बैठकमा राष्ट्रपति निर्वाचनको लागि सत्तारुढ दलहरुबाट उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।
यसअघि बुधबार बालकोटमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले आजको लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्र्पतिको उम्मेदवार बारे छलफल गर्ने सहमति भएको थियो ।
राष्ट्रपतिको उम्मेदवारको विषयमा सत्ता साझेदार दलहरुबीच विवाद रहेको छ । एमालेले पुर्व सहमति अनुसार राष्ट्रपति आफुले पाउनुपर्ने बताउदै आएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमति अनुसार राष्ट्रपतिको चयन हुनुपर्ने अडान राख्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्