परराष्ट्रमन्त्रीले गरिन् टर्कीका विदेशमन्त्रीसँग टेलिफोन वार्ता
काठमाडौं, माघ २५ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आज टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी छिन्।
आज दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन्। वार्तामा पररष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रसमेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालले ०७२ सालमा भूकम्पको विपत् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्रमन्त्री पौड्यालले व्यक्त गरिन्।
टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै उनले नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे।
सोमबार बिहान टर्कीमा गएको ७. ८ म्याग्निच्युटको विनाशकारी भूकम्पमा आठ हजारभन्दा बढीको ज्यान गएको छ। त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ।
प्रतिक्रिया दिनुहोस्