उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने , बालकोटमा प्रचण्ड र ओलीबीच भयो यस्तो सहमति
काठमाडौं, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने जनाइएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट पुगेका थिए ।

ओली उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक पनि हुन् । यसअघि संयन्त्रको बैठक बस्ने भनिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संयन्त्रको बैठक बस्न माग गरेको थियो । यद्यपि रास्वा सरकारबाट बाहिरिसकेको छ ।















प्रतिक्रिया दिनुहोस्