विप्लवले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ , माघ २५ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार विशेष पत्रकार सम्मेलन गर्दैछ।

पार्टीले आज काठमाडौँको जमलस्थित नाचघरमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको पार्टी सचिवालयले जनाएको छ।

पार्टीले हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकका निर्णय, तत्कालीन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दि रिहाई तथा मुद्धा फिर्ता गर्ने सबालमा भएको ढिलाइलगायतका विषयमा पत्रकार सम्मेलन गर्न लागिएको हो।

पत्रकार सम्मेलनमा चन्दसहित खडगबहादुर विश्वकर्मालगायत शीर्ष नेताको उपस्थिति तथा सम्बोधन रहनेछ।

प्रतिक्रिया दिनुहोस्