प्रधानसेनापति र स्वीजरल्याण्डकी राजदूतबीच भेटघाट
काठमाडौं, माघ २४ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र स्वीजरल्याण्डकी राजदूत एलिसाबेथ भोन कापेल्लेरबीच भेटवार्ता भएको छ ।
जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।














प्रतिक्रिया दिनुहोस्