मैतीदेवीको प्रहरी बिटमा महानगरले चलायो डोजर

काठमाडौं, माघ २४ । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकस्थित प्रहरी बिटमा डोजर चलाएको छ ।

सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो ।

महानगरले बिट हटाउन आग्रह गरेपछि प्रहरीले बिटमा रहेका सामान सारेका थिए । मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको बिट निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्