राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौँ , माघ २४ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

माओवादी केन्द्रकी अर्याल सोमबार राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उपाध्यक्ष अर्यालले हस्ताक्षर गरेको पहिलो निर्णयमा संघीय संसदमा महिला सदस्यका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्