मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी, मन्त्रीपरिषदले पायो पूर्णता

काठमाडौं, माघ २४ ।  नेकपा माओवादी केन्द्र सहभागी भएपछि मधेश प्रदेशको मन्त्रीपरिषदले पूर्णता पाएको छ।

मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीबाट सुनिता यादवलाई उद्योग वन तथा पर्यटन र रहबर अंसारीलाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रीपरिषदले पूर्णता पाएको हो।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आज दिउँसो १ बजे सपथ लिने कार्यक्रम छ।

यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रीपरिषद हुनेछ।

प्रतिक्रिया दिनुहोस्