काठमाडौँ आइपुगिन् अमेरिकी उच्च अधिकारी सामन्था पावर, यस्तो छ भेटघाट कार्यक्रम

काठमाडौं, माघ २४ ।  युएस एड(अन्तर्राष्ट्रिय सहयाेगका लागि अमेरिकी नियाेग) की प्रमुख सामन्था पावर मंगलबार काठमाडाैँ आइपुगेकी छन्।

पावरले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पाैडेल र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम छ।

पावरले नेपाल भ्रमणका क्रममा नागरिक अभियन्ताहरू, विभिन्न समुदाय, सरकारी अधिकारी र विद्यार्थीहरूसँग विभिन्न विषयमा अन्तर्क्रिया गर्नेछिन्।

उनी अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन्। सामन्था पावर अमेरिकी मन्त्रीसरहकाे मर्यादामा छिन्।

युएस एडले जारी गरेकाे विज्ञप्तिमा नेपाल-अमेरिका सम्बन्धकाे ७५ वर्षकाे साझदारीका अवसरमा पावर नेपाल भ्रमणमा आएकी हुन्।

पुष्पकलम दाहाल ‘प्रचण्ड’ काे सरकार गठनपछि नेपाल भ्रमणमा आउने उनी पहिलाे विदेशी उच्च अधिकारी हुन्।

प्रतिक्रिया दिनुहोस्