नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

काठमाडौं, माघ २३ ।  भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

तर क्यानले यसको औपचारिक घोषणा गरिसकेको छैन। राष्ट्रिय खेलकुद परिषद्‍बाट पत्र आइनसकेको जनाउँदै क्यानले घोषणा नगरेको हो।

क्यानले आजै दिउँसो ३ बजे यसबारे औपचारिक घोषणा तयारी गरेको छ। त्यसका लागि क्यानले होटल हायात प्यालेसमा नयाँ मुख्य प्रशिक्षकसँग पत्रकार भेटघाट कार्यक्रम राखिसकेको छ।

देसाई यसअघि पनि नेपालसँग जोडिएका क्रिकेटर हुन्। उनले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन्।

उनले सन् २०१५ को आईसीसी टी-ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिममा रहेर काम गरिसकेका थिए।

प्रतिक्रिया दिनुहोस्