भूकम्पबाट अहिलेसम्म टर्कीमा ५३ र सिरियामा ४२ जनाको मृत्यु

काठमाडौँ , माघ २३ । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५३ जनाको मृत्यु भएको हो भने सिरियामा सोहि भूकम्पका कारन ४२ जनाको मृत्यु भएको छ ।

टर्कीको डिजास्टर म्यानेजमेन्ट अथोरिटीले भूकम्पमा परि ४४० जना घाइते भएको जनाएको छ ।

भूकम्पको धक्का टर्कीको नुर्दगीबाट २३ किलोमिटर पूर्वमा महसुस गरिएको थियो । भूकम्पको तीव्रता रेक्टर स्केलमा ७।८ मापन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्